कति दिन भित्र क्षतिपुर्ति पाइन्छ ?

पशू पंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह / सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठांउ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनू पर्छ । अन्यथा क्षतिपुर्ती पाइने छैन ।