के हो कृषि बीमा ?

नेपालको कृषि प्रणाली निर्वाहमुखीबाट क्रमिक रुपमा व्यवसायिकरण तर्फ रुपान्तरण गर्दै लैजानका लागि कृषि व्यवसायमा संलग्न कृषक, व्यवसायी तथा उद्यमीहरुको आत्मविश्वास वृद्धि गर्न जरुरी छ। कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफनो व्यवसायलाई विस्तार गर्न, लगानी सुरक्षित र जोखिम कम गर्नका लागि इन्स्योरेन्स कम्पनिहरुले कृषकहरुको घरदैलोमा अनुदानका साथ पशु पंक्षी तथा कृषि बीमाको कार्यक्रम प्रस्तुत गर्दछन् ।