बीमित पशू पंक्षी वा बालीको दाबी नलाग्ने अवस्थाहरु के के हुन् ?

क) बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा ।
ख) निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा ।
ग) बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा ।
घ) बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
ङ) बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा ।
च) चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि पांच (छ) किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा ।
छ) बीमकको सहमति बेगर पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
ज) पन्छीमा बर्डफ्लू भएमा ।