बीमा जानकारी

नेपालको कृषि प्रणाली निर्वाहमुखीबाट क्रमिक रुपमा व्यवसायिकरण तर्फ रुपान्तरण गर्दै लैजानका लागि कृषि व्यवसायमा संलग्न कृषक, व्यवसायी तथा उद्यमीहरुको आत्मविश्वास वृद्धि गर्न जरुरी छ। कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफनो व्यवसायलाई विस्तार गर्न, लगानी सुरक्षित र जोखिम कम गर्नका लागि इन्स्योरेन्स कम्पनिहरुले कृषकहरुको घरदैलोमा अनुदानका साथ पशु पंक्षी तथा कृषि बीमाको कार्यक्रम प्रस्तुत गर्दछन् ।

क) पशुधन बीमा
ख) पंक्षी बीमा
ग) धानबाली बीमा
घ) आलुबाली बीमा
ङ) फलफूल बाली बीमा
च) माछा बीमा
छ) च्याउ बीमा
ज) अष्ट्रिच बीमा
झ) मौरी बीमा

क) पशुधन मृत्यु भएमा बीमाड्ढको ९० प्रतिशत
ख) पशुधन पूर्णरुपले स्थायी रुपमा अशक्त बीमाड्ढको ५० प्रतिशत

आगलागी, बाढी, डुबान, भूकम्प, खडेरी, पहिरो / भूस्खलन, असिना, आंधी बेहरी, हिउं वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु, रोग तथा कीरा बाट हुने हानी नोक्सानी , विभिन्न जोखिमबाट हुने नोक्सानी ।

पशु पंक्षी तथा बाली बीमा गराउन चाहने बिमीतले कम्पनीले उपलब्ध गराएको पशु पंक्षी तथा बाली बीमा प्रस्ताव फारम पूर्णरुपले भरी बाली र पशु पंक्षीको विवरण पूरा खोल्नुपर्छ। साथै पशु पंक्षी स्वास्थ्य विवरणमा सम्बन्धित पशु चिकित्सक / प्राविधिक / कृषि प्राविधिक बाट भराउनु पर्छ। सो पशु पहिचानको लागि चिकित्सक वा प्राविधिकबाट संकेत पट्टा लगाई सो को नम्बर पनि बीमा प्रस्ताव फाराममा उल्लेख गर्नु पर्छ ।

– पशुधनमा १ वर्ष
– पंक्षी छोटो अवधि १ ब्याच वा १ वर्ष
– बालीमा एक बाली अवधि भर वा बढीमा एक वर्ष

यस अन्र्तगत दुध, मासू, ब्रिडिङ, पशू श्रम, उन उत्पादनका लागि पालिने पशुहरु (गाई, गोरु, भैंसी, रांगो, चौरी, याक, भेडा, च्याङग्रा, बाख्रा, खसी, बंगूर, घोडा, गधा, खच्चड आदी) पर्दछन् ।

पशूको लागि : बीमाड्ढको ५% (३.७५% अनूदान सरकारले दिने)
पंक्षीमा प्रति वर्ष : बीमाड्ढको ५% (३.७५% अनूदान सरकारले दिने)
पंक्षीमा प्रति व्याच : बीमाड्ढको १.२५% (०.९३७५% अनूदान सरकारले दिने)
बालीमा : प्रति बाली लागत मुल्यको ५% (३.७५%अनूदान सरकारले दिने)
माछामा : बीमाड्ढको २% (१.५% अनूदान सरकारले दिने)
च्याउ बीमा : बीमाड्ढको ५% (३.७५% अनूदान सरकारले दिने)
अष्ट्रिच बीमा : बीमाड्ढको २% (१.५% अनूदान सरकारले दिने)
मौरी बीमा : बीमाड्ढको ५% (३.७५% अनूदान सरकारले दिने)

बीमाको लागि प्रिमियर इन्स्योरेन्सको नजिकको शाखा अथवा अभिकर्ता, समुह/ सदस्य संस्थाहरुसंग सम्र्पक गर्नूपर्छ । बीमा अभिकर्तालाई १५% कमिशन दिइने छ भने समुह/ सदस्य संस्था मार्फत बीमा भएमा बीमा शुल्कमा १५% छुट दिईने छ ।

स्थानीय तथा उन्नत नश्लको गाई : २ वर्ष (पहिलो वेत भएको) देखी १० वर्ष सम्म
भैसी : ३ वर्ष अथवा (पहिलो वेत भएको) देखी १२ वर्ष सम्म
स्थानीय तथा उन्नत नश्लको बाछी कोरली वा पाडी : ६ महिना देखि २ वर्ष सम्म
प्रजननको लागि उन्नत नश्लकोे सांढे वा रांगो : ३ वर्ष देखि १२ वर्ष सम्म
भेडा, बाख्रा, बंगूर : ३ महिना देखि बिक्रीका लागि तयार हून्जेल सम्म

बीमा गरेको पशू पंक्षी वा बाली विक्री गर्नू परेमा विक्री गर्नू भन्दा अगाडी बीमा कम्पनीमा जानकारी गराई बीमा रद्ध गरेमा ८ महिना सम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बांकी बीमा शूल्क फिर्ता पनि पाइन्छ । तर दाबी परी सकेको हकमा फिर्ता हूने छैन ।

पशू पंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह / सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठांउ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनू पर्छ । अन्यथा क्षतिपुर्ती पाइने छैन ।

बीमित पशु पंक्षी वा बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएको पाइएमा रद्ध हुनेछ ।
बीमकलाई जानकारी नदिई अवधि समाप्त नहुदैं पशु पंक्षी वा बाली विक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्ध हुनेछ ।
बीमित पशु पंक्षी वा बाली कूनै वित्तिय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चूक्ता भई बीमित पश पंक्षी वा बाली विक्री भएको अवस्थामा बीमालेख स्वतः रद्ध हुनेछ ।

क) बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा ।
ख) निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा ।
ग) बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा ।
घ) बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
ङ) बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा ।
च) चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि पांच (छ) किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा ।
छ) बीमकको सहमति बेगर पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
ज) पन्छीमा बर्डफ्लू भएमा ।